पुष १५ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० पुष १५ गते आईतबार ई.सं.२०२३ डिसेम्बर ३१ नेपाल सम्बत ११४४ थिंलागा चतुर्थी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा,मघा नक्षत्र,प्रीति योग,वालब करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे भयो भने सूर्यास्त साँझ ०५: १९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्ने दिन छ, सचेत रहनुहोला । विगतका समस्या बल्झिन सक्छन्, तथापि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सहृदयी मित्रको साथ प्राप्त हुनेछ । विरोधिजन सँगको प्रतिष्पर्धामा तपाईं नै विजयी बन्नुहुने योग छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम बढ्नेछ । प्रतिस्पर्धामा पनि विजयी हुने तथा शत्रुहरू किनारा लाग्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा होला र पनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । श्रम तथा लगानीको उचित मूल्य मिल्न मुस्किल पर्ने देखिन्छ । यसका बाबजुद समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक जिम्मेवारी हात पर्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आरोग्यता रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन विशेष योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । इर्ष्यालुजनबाट सावधान रहनुहोला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने योग छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बनेर उत्साह जाग्ने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा चाहिँ विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोेला । आर्थिक पक्ष सबल बन्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आयबल बढ्नेछ । मिठो भोजनको अवसर प्राप्त होला । रसरागमा आकर्षण र सुख बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुने योग भए पनि बाध्यताका काममा जुट्नुपर्ने समय छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धेरै परिश्रमपछि न्यून सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अन्ततः कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग छ, सावधान रहनुहोस् । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । भागदौड र दायित्व बढ्नेछ । तथापि, दैनिक काममा सफलता नै मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्ला । व्यावसायिक काम पनि बीचमा अवरुद्ध बन्न सक्छ र पनि आम्दानीकै योग छ । प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद रहनेछ । आफन्तको साथ मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): गुरुजनको विशेष सहयोग जुट्ने दिन छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । काम बिग्रने भयले सताए पनि प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । परिश्रमअनुसारको उपलब्धि नभएपनि चित्त बुझाउनुपर्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । मीठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने समय परेको हुँदा सजग रहनु हितकर होला । नयाँ काममा हात हाल्न पनि केही समय पर्खंदा राम्रो हुनेछ । अधिकार सुरक्षार्थ विशेष पहल गर्नुपर्ला । रुचिका बस्तुमा खर्च हुने योग छ । प्रेमभाव बढ्नेछ । पराक्रम वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्