हेटौँडाबाट साझा धारणा बनाएर काठमाडौं आए सातै प्रदेशका मुख्यमन्त्री, आज प्रधानमन्त्रीलाई भेट्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – सातै प्रदेशका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दैछन् । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न विहिबारदेखि हेटौँडामा सुरु भएको दुई दिने तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठीबाट साझा धारणा बनाएर मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् ।

सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको र फेरी पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनीसहित काठमाडौं आएका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्रीलाई भेटेर भेलाको निष्कर्ष सुनाउने तयारी रहेको छ । मुख्यमन्त्रीहरुको शुक्रबारको बैठकले गत असार १५ र १६ गते पोखरामा बसेको मुख्यमन्त्रीहरुको बैठकका निर्णय कार्यान्वयनका सम्बन्धमा साझा धारणा बनाएर संघीय सरकारलाई दबाब दिन कार्ययोजना बनाएको छ ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array