क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर, सजाय तोक्न पुस २५ गते पेशी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

लामो समय चलेको सुनुवाइ प्रक्रिया शुक्रबार सकिएसँगै न्यायाधीश ढकालले फैसला सुनाएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएपछि सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएको छ ।

उनी दोषी ठहर भएको फैसला सुनाउँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले सजाय तोक्न छुट्टै पेशी तोकेका हुन् ।

अदालतले पीडित महिलाको १८ वर्ष उमेर पुगेकाले नाबालिकालाई बलात्कार गरेको भन्ने दाबी नपुग्ने ठहर पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array