बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता फेरि उदाङ्गो भयो: रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बालकुमारीमा आन्दोलनका क्रममा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि उदाङ्गो भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले २ होनहार युवाले देश छाड्न खोज्दा संसार छाड्नुपरेको उनले बताए ।

उनले लेखेका छन्, ‘२ होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् । आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ । घटनापश्चात सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती २ नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा मर्माहत भएको छु । शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन तर परिवारलाई राहत दिइयोस् । परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया दिनुहोस्

Array