सन्दीप विरुद्धको मुद्दा आज टुङ्ग्याउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा लामो समयदेखि बहस जारी छ । बहस नटुङ्गिएपछि यसलाई बिहीबार पनि हेर्दाहेर्दैमा राखियो । बिहीकार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको प्रतिवादी पक्षमा भएको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् ।

रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दामाथिको सुनुवाइ आज टुङ्ग्याउने तयारी गरिएको छ । त्यसपछि यो विषयमा बहुप्रतिक्षित फैसला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array