आज मिति वि.सं.२०८० पुष १३ गते शुक्रबार ई.सं.२०२३ डिसेम्बर २९ नेपाल सम्बत ११४४ थिंलागा द्धितीया, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण द्धितीया, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र,वैधृति योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे भयो भने सूर्यास्त साँझ ०५: १७ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसरले पछ्याउने समय छ । नयाँ काम प्रारम्भ हुनेछ भने आजको दिन नाम, दाम र इनाम हातपर्न सक्छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लाभ होला । आज स्वास्थ्य भने अलिक कमजोर रहला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्यबल बढ्ने समय छ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ, तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । रोकिएका काममा दोहोऱ्याएर गरे सफलता मिल्नेछ । आजको दिन परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । आयबल बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । मिठो भोजन प्राप्त हनेछ । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढ्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलाने योग रहेकोले आजको दिन योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । दायित्व बढ्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । नातेदारहरुसंग झैझगडा पर्न सक्ने योग छ । आर्थिक समस्या पनि पर्न सक्छ । आज सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । आजको दिन नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिने समय भएकोले प्रशंसकहरू बढ्नेछन् । गरिरहेको काममा भने केहि समस्या पर्न सक्छ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्