पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुर सिटी एनएसएलको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । बिहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ललितपुर सिटी एफसीका लागि अतिरिक्त समयको ९९औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा पोखरा र ललितपुर १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

- Advertisement -
Ad imageAd image

खेलको ४५औ मिनेटमा ललितपुरका इमोह इजेकिएलले गोल गर्दै शुरुवाती अग्रता दिएपनि खेलको ७१औं मिनेटमा पोखराका स्टेफेन कोजोले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ३४औं मिनेटमा ललितपुरका निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समित भएको थियो ।

अब फाइनलमा ललितपुर सिटीले धनगढी एफसीको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्