जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०८०, बुधबार
1 Min Read
Aa

जाजरकोट – जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ।

उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुई वर्षीय छोरा रहेकोमा उनको दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्। तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो। कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए।

- Advertisement -
Ad imageAd image

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्