आज मिति वि.सं.२०८० पुष ११ गते बुधबार ई.सं.२०२३ डिसेम्बर २७ नेपाल सम्बत ११४४ थिंलागा पारु, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र,ब्रद्म योग,बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे भयो भने सूर्यास्त साँझ ०५: १६ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम र शुभता बढ्नेछ । इर्ष्यालुजनले अवरोध गर्न खोजेपनि काममा सोचेजस्तै सफलता मिल्ने समय छ । नयाँ ज्ञान प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र आर्थिक लाभ प्राप्त हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा गरिएको कर्म सार्थक रहला । आज कसैसँग सामान्य विवाद हुन सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभता र आरोग्यपन बढ्नेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनैपनि प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । समग्रमा दिन राम्रोसँग बित्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ भने रोकिएको काम बन्ने दिन छ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वहरूबाट साथ-सहयोग मिल्नेछ । समय आर्थिक पक्षको सवालमा समय त्यति बलियो नभएपनि अवस्था सवल नै रहनेछ । आजको दिन कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु लाभप्रद होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभ समाचार प्राप्त हुनेछ । अनुकुलता र आयबल बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल र सामर्थ्य बढ्नेछ । आर्थिक पक्ष सबल रहला । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको खातिरदारीमा समय खेर जान सक्ने योग छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल बढ्नेछ । आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मनोरञ्जनपूर्ण समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ ।अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । मिठो भोजन प्राप्त होला । विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिनको पूर्वार्द्धभन्दा उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ठोस निर्णयको प्रयास गर्नु उत्तम हुनेछ । यात्राको योजनामा हुनुहुन्छ भने त्यति सुखद नरहला । आरोग्यता रहनेछ । आजको दिन विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुनेछ तर, आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग या दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । दिनको उत्तरार्द्धमा जोखिमप्रति ध्यान राख्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । आरोग्यता र साहस बढ्ला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन र पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला । साझेदारीको काम बन्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्