एमालेको विशेष पत्रकार सम्मेलन आज, संकल्प यात्राको अनुभव, समीक्षा र सन्देश सार्वजनिक गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिने पत्रकार सम्मेलनमा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को बारेमा जानकारी दिईनेछ ।

पत्रकार सम्मेलनमा बैतडीको झुलाघाटदेखि सुरु भएर १७ औँ दिनमा पाँचथरको झुलाभञ्ज्याङसम्म पुग्ने क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जनाईएको छ । सम्मेलनमा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थिति रहनेछ ।

यसअघि एमाले सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालिसकेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको र मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ ।

जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष निकालेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array