आज मिति वि.सं.२०८० पुष ०८ गते आईतबार ई.सं.२०२३ डिसेम्बर २४ नेपाल सम्बत ११४४ थिंलाथ्व त्रयोदशी,नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल त्रयोदशी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र,सिद्ध योग,कौलब करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५१ बजे, सूर्यास्त साँझ ०५: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने समय छ । तर, अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, सचेत रहनुहोला । कमजोरी ढाकछोप नगर्नु हितकर हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । मित्रता र प्रेमको बन्धन कसिने समय छ भने पठनपाठनसम्बन्धी कार्यमा पनि प्रगति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । प्रतिभा प्रदर्शन गरेर धेरैको ध्यान खिच्न सकिनेछ । तपाईंको विचारलाई धेरैले कदर गर्नेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । पारिवारिक सुख र उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला । लेखपढ तथा अध्ययनमा मन लाग्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । सहयोगी नै प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्, सचेत रहनुहोला । यात्रागत कार्य सफल हुने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनु हितकर होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला । इर्षया गर्नेहरुले फसाउन सक्छन् । काममा गोपनीयताप्रति ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शत्रुपक्ष परास्त हुनेछ । भ्रमणमा रुचि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त हुने योग रहेपनि आजको दिन बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने विवादले मन खिन्न तुल्याउन सक्छ । आफन्तजनको सहयोग रहनेछ, जसबाट विशेष फाइदा पनि हुन सक्छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक सुख रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ भने मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने योग छ । व्यवहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
२०२४ काे वार्षिक राशिफल: कुन राशिका लागि २०२४ कस्ताे ?
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा परिएला । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर हुनेछ । सञ्चित धनको हानी नोक्सानी हुनसक्ने योग रहेकोले आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । नयाँ कार्ययोजना र नयाँ कामको लागि उत्तम समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ब्यापारबाट राम्रै लाभ हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । आज केही खर्च बढ्न सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): श्रमको उचित मूल्यांकन हुने समय छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । महत्त्वपूर्ण काममा सफलता मिल्ने तथा आकस्मिक धनको लाभ हुने योग छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्