प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने, मन्त्री फेर्ने घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिकामा आज शुक्रबार आयोजित कार्यक्रममा उनले पुस १० गते सरकार गठनको १ वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको जानकारी दिए ।

उनले भने, ‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते १ वर्ष हुँदैछ । यो १ वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन् । १ वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु ।’

प्रतिबद्धता गरेअनुसार काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने उनले बताए ।

मन्त्रालयले गरेका कामबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै उनले प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेका बताए ।

‘मन्त्रीहरूलाई बोलाएर के–के गरिरहेको छ भनेर जानकारी लिएको छु । प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्, त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array