विश्वका ४० देशमा फैलियो कोरोनाको जेएन.१ भेरियन्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – कोरोना भाइरसको नयाँ संक्रमण जेएन.१ भेरियन्ट फेला परेसँगै चिन्ता बढ्न थालेको छ । कोरोनाको नयाँ सब–भ्यारियन्ट जेएन.१ भेरियन्ट विश्वका ४० देशमा फैलिएको छ । यो संक्रमणबाट भारतमा अहिलेसम्म २१ जना संक्रमित भएका छन् ।

जसमध्ये गोवामा १९ र केरला–महाराष्ट्रमा १–१ जनामा संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ ।

- Advertisement -
Ad imageAd image

अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ । डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ ।

जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्