आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता देवकोटा पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला देवकोटाले स्वकीय सचिवालयमा काम गरेका थिए ।

- Advertisement -
Ad image

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको तर पछि बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्