एमाले सरकारमा गयो भने देश बन्ने होईन, पुनः संसद् विघटन हुन्छः गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुनसक्ने बताएका छन् । कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने नभइ संसद् विघटन हुने खतरा बढ्ने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा नगई देश नबन्ने दाबी गरेको स्मरण गराउँदै उनले एमाले सरकारमा गएर देश बन्ने नभई संसद्माथि खतरा हुने बताए ।

तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाको सरकार नेतृत्व गरेको ओलीले दुई पटक संसद् विघटन गरेका थिए । उनको उक्त कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेको थियो । ओलीले संकल्प यात्राको क्रममा पनि वर्तमान सरकार काम कारबाहीमाथि प्रश्न उठाउँदै ०८४ सम्म कुर्न नसकिने भन्दै मध्यावधिको संकेत गरेका थिए ।

महामन्त्री शर्माले अहिलेको सरकारप्रति असन्तुष्टि भएपनि एमालेलाई सरकारको नेतृत्व दिन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array