‘स्थानीयदेखि संघसम्म कांग्रेसले गठबन्धन नगरेर एक्लै खडा हुनुपर्छ:’ डा. शेखर कोइराला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघीय संसदको निर्वाचनसम्म पनि कसैसँग गठबन्धन नगरेर एक्लै खडा हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस मोरङ, धनपालथान गाउँ कार्य समितिद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट तथा ज्येष्ठ नागरिक सम्मान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गठबन्धनमा उम्मेदवारी दिएकै कारण मोरङबाट २ लाख समानुपातिक मत नेपाली कांग्रेसलाई कम आएको दाबी गर्दै हारजित जे भएपनी कांग्रेसले आफ्नै दममा उम्मेदवारी दिनुपर्ने कुरामा जोड दिए ।

- Advertisement -
Ad imageAd image

धनपालथान गाउँ कार्य समितिले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कोइरालाको जोड विपरीत नेपाली कांग्रेसको शुक्रबार नै बसेको कार्यसमितिको बैठकले आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा भने गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

धनपालथान गाउँ कार्य समितिले आयोजना गरेको नेता कोइरालाका अलावा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल, प्रदेश सांसद गयानन्द मण्डल, पूर्व आमन्त्रित केन्द्रिय सदस्य हसन अन्सारी, नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, मोरङ जिल्ला कार्यवाहक सभापति भक्ती नाथ माझी, जिल्ला उपसभापति एवं विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, जिल्ला सचीवद्वय मोदराज घिमिरे, ललितबहादुर श्रेष्ठ, महासमिति सदस्य एवं मोरङ क्षेत्र नम्बर ५ का सभापति जिवक्ष गच्छदार, महाधिवेशन प्रतिनिधिहरू, नेपाली कांग्रेस रंगेली नगरसभापती जगरनाथ मण्डल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्