विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्।

१ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मूलचन्द बाबालाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्