पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै एमालेको अभियान रोक्न खोजेको ओलीको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरु नै एमालेको अभियान रोक्न लागिपरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले पहिचानवादीलाई भावनामा नबग्नसमेत आग्रह गरे । सरकारको आडमा अराजक गतिविधि बढेको समेत उनको आरोप छ ।

ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिरहेको आरोप लगाए । सद्भाव कायम गरेर र राष्ट्रिय एकता कायम गरेरमात्रै देश बनाउन सकिने उनको भनाइ छ । मतभेद भए सँगै बसेर वार्ताका माध्यमबाट समाधान निकाल्न सकिने बताउँदै उनले उचालिएर भावनामा नबग्न पहिचानवादीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Array