गगन सहभागी नहुने भएपछि शेखरले सारे इतरसमूहको भेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतरसमूहको भेला सरेको छ । कांग्रेस नेता शेखर कोइरालाले भोलिका लागि आफू पक्षीय नेताहरुको भेला बोलाएका थिए । भोलिको बैडकमा महामन्त्री गगनकुमार थापा सहभागी नहुने निश्चित भएपछि शेखरले भेला सारेका हु्न् । भोलिका लागि तय भएको भेला बुधबारका लागि सारिएको छ ।

आज (सोमबार) साँझ पार्टी नेता अर्जुननरसिंह केसी, नेता कोइरालाबीच भएको छलफलमा गगनलाई पनि सहभागी गराएर बुधबारमात्रै बैठक बस्ने निर्णय भएको छ । आफूलाई जानकारी नदिई बैठक राखिएको भन्दै गगन नेता कोइरालासँग रुष्ट छन् । यता कोइरालाले बैठक बोलाइरहँदा गगन भने भोलि पार्टीको कार्यक्रममा सहभागी हुन बारा जाने तयारीमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array