शेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, १५ अंकले घट्यो घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – शेयर बजारमा सोमबार ५ महिनायताकै उच्च कारोबार भएको छ तर नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सोमबार कूल ४ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो ।

कारोबार उच्च भए पनि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन ३ पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।

- Advertisement -
Ad imageAd image

आज सोमबार कूल ८१ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह १.३ प्रतिशतले बढेको छ ।

बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटेको छ भने निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंकले बढेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्