अर्जुनको उत्कृष्ट प्रदर्शनको बावजुद स्टार खेलाडीको ब्याट नचल्दा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध ७३ रनको पराजय बेर्होरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०।१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । उनले १ सय ८ बलमा ९१ रन बनाउँदै टोलीको स्कोरलाई अघि बढाएका थिए ।

कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि दुबईस्थित आईसीसी एकेडेमी ओभल(२ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ अफगानस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६१ रनको उत्कृष्ट योगफल तयार गरेको थियो । उसका लागि जाम्सीद जार्दानले शानदार शतक प्रहार गरे ।

उनले १५२ बलमा ८ चौका हिर्काउँदै १०६ रनको शतकीय पराी खेले । त्यस्तै नुमान साहले ४१ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ६० रनको अर्धशतकीय पारी खेले । रहिमुल्लाह जुम्रातीले ३५ रन थपे ।

जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए। सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए।२८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे।

रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो। अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए।

बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २-२ तथा आकाश चन्द र दीपेश कँडेलले समान १ विकेट लिए । ६ ओभर बलिङ गरेका हेमन्तले ३७ रन खर्चिँदा ९ ओभरमा गुल्सनले ४६ रन खर्चिए । यो हारसँगै नेपाल सेमिफाइनलमा पुग्नबाट बञ्चित हुने लगभव निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array