सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छः केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताएका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा आज (शनिबार) गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरीय भेटवार्तामा नउठाएर बेइमानी गरेको बताए ।

‘हाम्रो सार्वभौम सत्ता, स्वाधीनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ?’ उनले प्रश्न गरे ।

त्यस्तै, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको उनको आरोप छ । सरकारले नै उक्त एयरपोर्टहरु सञ्चालन हुन नदिएको उनको आरोप छ । आफ्नै भूमिका बनेको एयरपोर्ट सञ्चालन गर्न सरकारलाई केही समस्या नहुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array