किसानको जीवन उत्थानको लागि सहुलियतपूर्ण ॠण, बिउबिजन र मल उपलब्ध गराउन पहल गर्ने सभापति दोर्जेको प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ – सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल किसान संघ मोरङ क्षेत्र नम्बर २ द्वारा आयोजित कार्यक्रममा नेपाल किसान संघ जिल्ला कार्यसमिति मोरङको क्षेत्र नम्बर २ (ख) को सभापतिमा योग्य दोर्जे लामा (ढब्बु) लाई मनोनीत गरेको छ ।

नेपाली कांग्रेस मोरङका उपसभापति एवं बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य मान बहादुर लिम्बू, नेपाल किसान संघका जिल्ला सभापति वसन्त हुमागाई लगायतका नेता तथा कांग्रेस कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

मोरङ क्षेत्र नम्बर २ (ख) का किसान संघका नवनियुक्त सभापति दोर्जेले समिति विस्तारको कामलाई सहमतिको आधारमा अगाडि बढाउँदै वास्तविक किसानको जीवनस्तर उत्थानको लागि सरकारले सहुलियत दरमा दिने ॠण, अनुदानको दुरुपयोग रोक्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त सभापति दोर्जेले किसान र किसानका छोराछोरीको पलायन रोक्न पहल गर्ने उल्लेख गर्दै अन्नदाता किसानलाई जोगाउन नसके देश नै नजोगिने तर्फ सरकार र सरोकारवालाले पनि ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । यसका साथै खेतिको सिजनको समयमा किसानले बीउबिजन एवं मलखाद समयमै उपलब्ध गराउन स्थानीय र प्रादेशिक सरकार सँग समन्वय गरि किसानका समस्या हल गर्न लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

किसानका नाममा पछिल्लो समयमा विचौलियाहरूले चलखेल गर्ने गरेको उल्लेख गर्दै विचौलियाको चलखेल बन्द गर्न किसान र व्यवसायीसँग मिलेर पहल गर्ने बताउँदै किसानलाई लुट्न पल्केका विचौलियालाई कार्वाही गरेरै देखाउने चेतावनी समेत दिए । नेपाल किसान संघ मोरङ क्षेत्र नम्बर २ का किसान नेता दिल बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ (ख) का स्थानीय किसानहरूको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array