एनसेलको शेयर खरिद–बिक्री दर्ता नगर्न अदालतको अल्पकालीन अन्तरिम आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – उच्च अदालत पाटनले एनसेलको शेयर खरिद–बिक्री भएका कारोबारलाई दर्ता किताबमा दर्ता नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बिक्री भएका शेयरहरू दर्ता किताबमा दर्ता नगर्न/नगराउन कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरको नाममा बिहीवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने या नपर्ने भन्ने विषयमा मंसिर २५ गते छलफलमा उपस्थित हुन अदालतले दुवै पक्षलाई भनेको छ । एनसेलको बिक्री रोक्न माग गर्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

मलेसियन कम्पनी आजियाटाले एनसेलको शेयर बेचेको सार्वजनिक भएपछि विवाद अदालतसम्म पुगेको छ । एनसेल बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले बिहीबार पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वका उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: