टिकटक माथिको प्रतिबन्ध हटाउने मुडमा प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउने मुडमा देखिएका छन् । सोमबार मिडियाका सम्पादकहरुसँगको छलफलमा टिकटकको प्रतिबन्ध खुला गर्न सकारात्मक देखिएका हुन् ।

प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको उनको भनाइ छ । अब नियमन गर्न पनि सकिन्छ । बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले टिकटकमाथि लगाइएको बन्देजका कारण नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित हुनसक्छ भन्ने भएमा अब निर्माण हुने नयाँ कानुनबाट त्यसलाई सम्बोधन गर्न सकिने बताएका छन् ।

त्यो कानुनमा नियमनको व्यवस्था गर्ने र प्रतिबन्धको निर्णय फिर्ता लिन सकिने उनको भनाइ थियो । केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array