बेमौसममा राजा र राजतन्त्रको मन्त्र जप्नेहरु देशद्रोही भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमाले सरकारबाट बाहिरिएपछि देशको आर्थिक क्षेत्र तहसनहस भएको र देशको विकासमा ठूलो धक्का पुगेको दाबी गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार कर्णालीको राकम कर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो दाबी गरेका हुन् ।

कार्यक्रममा अ‍ोलीले नेपालमा पुन राजतन्त्र फर्काउँछु भनेर भईरहेको आन्दोलन र त्यसको नेतृत्व गरिरहेकाहरुलाई देशद्रोहीको संज्ञासमेत दिए । उनले राजतन्त्रको बेमौसमी बाजा बजाउनेहरु दशद्रोही र परिवर्तन विरोधी रहेको उल्लेख गर्दै भने, ‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैं गरिब राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’

उनले एमालेका बारेमा विभिन्न भ्रमहरु फैलाएको हुनसक्ने हुँदा यी कुराहरुमा होस पु¥याउन आग्रह गरे ।

अध्यक्ष ओेलीले भने, ‘एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छायो अहिलेको गठबन्धनको सरकारले गर्दा देशमा गरिबी र महँगी बढ्नुका साथै देश विकासमा पनि ढिलाइ भयो ।’

एमालेले बिहीबार बैतडीको झुलाघाटबाट सुरु गरेको उक्त अभियान १ पुसमा पाँचथरको फिदिममा आएर विश्राम लिनेछ । अभियानका क्रममा सानादेखि ठूलासम्म आमसभा र विधि कार्यक्रमको आयोजना गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array