नेप्सेमा सात दशमलव २९ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार घटेर बन्द भएको छ । आज नेप्से ७.२९ अंकले घटेर एक हजार ८ सय ५१ दशमलब २३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आज ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस् कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस बैंकको ६ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array