विमानस्थलबाटै प्रचण्डको प्रष्टीकरण: तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले मन्त्रिपरिषद् तत्काल हेरफेर नहुने प्रष्ट पारेका छन् । यूएईमा आयोजित जलवायु सम्मेलन कोप-२८ मा सहभागी भएर फर्केएका दाहालले त्रिभुवन विमानस्थलमा पत्रकारमाझ यस्तो प्रष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्रीलाई पत्रकारले नेपाल फर्किनेबित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि भनेर सोधेका थिए । उक्त चर्चालाई प्रधानमन्त्रीले खारेज गरे ।

उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’

त्यसोत प्रधानमन्त्री स्वदेश फर्किनसाथ सबै मन्त्री परिवर्तन हुने हल्ला चल्दै आएको छ । स्रोतका अनुसार प्रधानन्त्री स्वयंले पनि एक चरणका सत्ता साझेदार दलहरुसँग यस विषयमा छलफल पनि गरिसकेका छन् । तर, निष्कर्षमा भने पुगिनसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array