मंसिर १७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंगसिर १७ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ३ तारिख आईतबार मार्गशीर्ष कृष्ण पक्षको षष्ठी तिथि अश्लेषा नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा भयो र सूर्यास्त सांझ १७ः६ बजे हुनेछ । विश्व अपाङ्ग दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने समय छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका होला, सजग रहनुहोस् । स्वास्थ्यावस्था भने सबल रहनेछ र, विभिन्न अवसरले पछ्याउन सक्छन् । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । अप्ठ्यारा काम पनि प्रयत्न गरे सजिलै सम्पादन हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामर्थ्य र आरोग्यता वृद्धि हुनेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने समय भएपनि समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । व्यापारमा भएकालाई फाइदा नै हुनेछ । शत्रु परास्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । सामाजिक प्रतिष्ठा पाइने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, संयमित व्यवहार गर्नुहोला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने योग छ, सावधान रहनु हितकर होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदायी दिन छ । उच्च तहको मानसम्मान मिल्ने, प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ भने काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यप्रति विशेष सचेत रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भ्रमण सफल हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने दिन छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा आज विशेष सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । व्यस्तता बढ्नेछ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन अलिक चुनौतीयुक्त रहला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आजको दिन नराम्रो संगतमा पर्नुबाट जोगिने विशेष प्रयास गर्नुहोला । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्न सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । रोकिएको काम बन्नेछ । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रु परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । आज ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । पशुधनबाट राम्रै फाइदा हुनेछ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने समय भएपनि बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आरोग्यबल बढ्नेछ तर घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेमभाव बढ्नेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुने समय छ । स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्ता सफल हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array