नागरिक रिसले आगो भएका छन्, केही साथीहरु त्यसमा घिउ थप्दैछन्ः गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा निराशा र आक्रोश देखिएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनता रिसले रन्थनिएको बताएका हुन्। नागरिक रिसले आगो भएका बेला केही व्यक्तिले बलेको आगोमा घिउ थप्ने काम गरिरहेको उनको भनाइ थियो।

उनले भने,’नागरिक रिसले रन्थनिएको छ। रिस दन्दनी बलेको छ। यो दन्दनी बलेको बेलामा केही साथीहरु के गर्दैछन्, बलेको आगोमा घिउ हाल्दैछन्। घिउ हालेर के भन्दैछन्– यो सबै किन भएको हो थाहा छ, राजा नभएर भएको हो, राजा भएको भए सबै ठीक हुन्थ्यो।’

आफूहरुले नयाँ व्यवस्थाले नागरिकका सबै समस्या समाधान हुन्छन् भनेकोले नागरिकलाई आक्रोशबाट बाहिर निकाल्ने काम पनि आफूहरुकै भएको उनले बताए। ‘आज नागरिकहरुमा निसारा छ। आक्रोश छ। त्यसबाट बाहिर निकाल्ने काम हाम्रो हो,’ उनले भने।

यस्तै, उनले सभापति देउवाले अब आफूहरुलाई पार्टी चलाउन दिनुपर्ने बताए। उनले भने,’…शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ। देश हामीले भनेको राजमार्गमा गएको छ। तर यो राजमार्ग चलाउने चालकको जिम्मा पनि तपाईंले हामीलाई दिनुपर्छ। त्यसैले यो निर्वाचनको जिम्मा हामीलाई दिनुहोस्। यो राजमार्गमा गाडी हामी कुदाउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

Array