मासिक ३५ हजार तलव सहित काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ ।

महानगरले आज एक सुचना जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षणमा करार दरखास्त आह्वान गरेको हो ।

- Advertisement -
Ad imageAd image

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली मार्फत मात्र आवेदन दिनुपर्नेछ ।

सुपरीवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ । यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र मासिक ३४ हजार ७३० रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।

गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । यसमा पनि बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र तलब ३२ हजार ९०२ रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ । यसमा काठमाडौँ महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेका महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्