अर्बाैंको एनसेलमा ‘चोर बाटो’बाट शेयर खरिदबिक्री खेल, क–कसको चलखेल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारलाई झुक्क्याउन खोजेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति विना शेयर खरिदबिक्री नगर्न निर्देशन सहितको पत्र एनसेललाई पठाएपछि अर्बाैंको चलखेल पर्दाफास भएको हो ।

नियामक निकाय प्राधिकरणसँग जानकारी नै नदिई शेयर खरिदबिक्री हुन थालेपछि प्राधिकरण आफैं सक्रिय भएको हो । प्राधिकरणले शेयर खरिदबिक्री गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान स्मरण गराएको छ ।

दूरसञ्चार नियामावली २०५४ को १५ (ट) अनुसार ५ प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्छ । एनसेलमा रहेको ८० प्रतिशत शेयर बिक्री गर्ने मलेसियाको आजियाटा समूहको निर्णय सार्वजनिक भएको छ ।

शेयर खरिद गर्न लागेका यी व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । शेयर खरिदबिक्रीका लागि सम्झौता समेत भइसकेको छ । तर नियामक निकाय प्राधिकरणलाई जानकारी दिइएको छैन ।सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर किनेको हो। आचार्यको यसअघि नै २० प्रतिशत सेयर एनसेलमा रहेको छ ।

स्रोतले दिएको जानकारीअनुसार यो डिलको पछाडी प्रधानमन्त्री पुष्पकमल दाहाल निकट व्यवसायी उपेन्द्र महतो र चन्द्र ढकाल रहेका छन् । उनिहरुकै डिजाइनमा आचार्यले नयां कम्पनी खोलेर एनसेलको ८० प्रतिशत सेयर किनेका हुन् ।

एनसेलले लगभग वार्षिक ३५०० करोड रुपैयाँ कमाउने गर्छ । तर शेयर खरिदबिक्री ६५० करोड गर्ने गरी सम्झौता भई सरकारलाई हानी पुर्‍याउन खोजिएको बताइन्छ ।

२०६१ भदौ १६ गते अनुमतिपत्र लिएको एनसेलको लाइसेन्स अवधि २५ वर्ष रहेको छ, जुन आगामी २०८६ भदौमा सकिँदैछ । दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि समाप्त भएसँगै एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान छ ।

स्वीकृति विना ‘चोर बाटो’बाट शेयर खरिदबिक्री गरेर एनसेललाई सरकारी स्वामित्वमा आउनबाट रोक्ने चलखेल भइरहेको स्रोतको दाबी छ । शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनमा दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले छलफलका लागि दुवै पक्षलाई मंसिर २५ गते बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: