मधेश प्रदेशले जित्यो केपी ओली कप टी- २० क्रिकेटको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

पोखरा – मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछाएको नेपाल आर्मीले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यसअघि मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

उपाधि जितेसँगै मधेश प्रदेशले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  यसैगरी उपविजेता नेपाल आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाएको छ ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको थियो भने प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array