रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले मनोनित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो । उनलाई आजै पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

उपसभापति मनोनीत भएका वाग्लेलाई अर्का उपसभापति डिपी अर्यालपछिको वरियता तोकिएको एक नेताले जानकारी दिए ।

गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका वाग्ले त्यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए ।

कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा। वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array