रुसी सेनामा भर्ती भएका ३ नेपालीको युक्रेससँगको युद्धका क्रममा मृत्यु !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa
Fighters of Wagner private mercenary group stand guard in a street near the headquarters of the Southern Military District in the city of Rostov-on-Don, Russia, June 24, 2023. REUTERS/Stringer

काठमाडौं – रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो ।

दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array