बालेनको अर्को लोकप्रिय कदम: मंसिर २७ गतेदेखि काठमाडौँ महानगरमा चुरोटबिँडी, खैनी र गुट्खा बेच्न र खान प्रतिबन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले मंगलबार यसबारे सार्वजनिक सूचना जारी गरेको हो।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार सेवनका निम्ति बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो। महानगरपालिकाका अनुसार कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने छ।

- Advertisement -
Ad imageAd image

महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्