के रवि लामिछानेले बनाउलाउन त स्वर्णिम वाग्लेलाई उपसभापति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नेता डा.स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ ।  महोत्तरीको जलेश्वरमा जारी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरेर उनलाई पार्टीको उपसभापति बनाउने तयारी गरेको रास्वपाले जनाएको छ  ।

नेपाली कांग्रेसबाट रास्वपा प्रवेश गरेर उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निवार्चित वाग्लेलाई पार्टीमा पद नदिएको भन्दै आलोचना पनि हुँदै आएको थियो ।

सोही कारण पार्टी सभापति रवि लामिछाने र वाग्लेबीच तिक्तता भएको वा पार्टी विभाजन तर्फ लागेको भनिए पनि सार्वजनिक स्थानमा भने लामिछाने र वाग्ले दुवैले अस्वीकार गर्दै आएका थिए ।

वाग्ले गत उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित भएका हुन् । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। अहिले रास्वपाको उपसभापति डोलप्रसाद अर्याल छन् । यस्तै रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ । स्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन्। सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी छ ।

विधानअनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सक्ने छ  । त्यस्तै, सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Array