गणतन्त्रको विकल्प छैन, हामी अत्तालिएका छैनौँः सभापति देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०८०, सोमबार
1 Min Read
Aa
प्रधानमन्त्री शेर बहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने गणतन्त्रको विरोध गर्नुको अर्थ नभएका बताएका हुन् । ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’, उनले भने ।

गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन्? भन्ने प्रश्नमा देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’ सो अवसरमा कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका छन् ।

‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array