पूर्वराजा ज्ञानेन्द्रले अनावरण गरेको सालिकको शिलालेखबाट मेटाइयो ‘श्री ५ महाराजधिराज’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकमा राखिएको शिलालेख बारे विवाद बढेपछि मेटाइएको छ ।

झापाको बिर्तामोडस्थित इकम कलेजको प्रांगणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा राखिएको शिलालेखमा लेखिएको ‘श्री ५ महाराजधिराज’ आइतबार मेटाइएको हो ।

- Advertisement -
Ad imageAd image

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार अनावरण गरेको सालिकको शिलालेखमा संविधानविपरीत ‘श्री ५ महाराजधिराज’ लेखेको पाइएपछि स्थानीय प्रशासनले मेट्न लगाएको हो । कलेजलाई स्थानीय संघ-संस्था र नागरिक समाजले दबाब दिएपछि तत्काल शिलालेख मेटाएको छ ।

कलेजले भने पूर्वराजाको सचिवालयले नै शिलालेखमा राखिने शब्द तयार गरे अनुसार राखेको बताएको छ र अहिले सो शिलालेखबाट ‘श्री ५ महाराजधिराज’ हटाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्