साताको कारोबारको पहिलो दिन आईतबार नेप्सेमा उच्च अंकको वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आईतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४७.७५ अंकले बढेर एक हजार ९ सय ७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । आज दुई अर्ब एक करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

- Advertisement -
Ad imageAd image

नेप्सेका अनुसार आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

आज विजय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, रावा इनर्जि डेभलपमेन्ट कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जि लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्