मधेश पुगेर रविले भने: हामीलाई दुई तिहाइ दिनुस्, देश कस्तो बनाउने त्यो हामी देखाइदिन्छौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्।

सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले दुई तिहाइ मत पाए र आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमा देश कस्तो बन्नुपर्छ भन्नेकुरा आफूहरुले देखाइदिने बताए ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘हामीलाई दुई तिहाइ दिनुस् कस्तो व्यवस्था चाहिन्छरु कस्तो संविधान चाहिन्छ हामी देखाइदिन्छौं। कस्तो नीति चाहिन्छ हामी भन्नसक्छौं। तर, देशलाई द्वन्द्वमा फर्काउँदैनौं। एउटा पनि जनताको हातमा सानो चोट नलागी परिवर्तन ल्याउन सकिन्छ। त्यसैका लागि हामी लागिपरेका हौं। हामीलाई भोक लागेको छ थालै खान सकिँदैन। गाँसगाँस खानुपर्छ पहिलो गाँस भ्रष्टाचारीको उठिबास’।

उनले पुराना दलहरुको दबदबालाई अटेर गरेर घण्टी बजाउँदै आफूहरुले साहशिक कदम चालेको दाबी गरे । उनले भने,‘हामीलाई हाम्रो प्रवाह छैन । हामी अब परिवर्तन गरेरै छाड्ने आँटका साथ आएका छौं । कुनै पनि देशमा परिवर्तन हुनका लागि एउटा पुस्ताले त्याग गर्नैपर्छ । त्यसका लागि हामी तयार आएका छौँ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्