राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८०, आईतवार
1 Min Read
Aa

काठमाडाैं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्व राजा ज्ञानेन्द्र शाहको आलोचना गर्नेप्रति आक्रोश ब्यक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले राजा प्रति गरेको सार्बजनिक टिप्पणी प्रति उनले आक्रोश ब्यक्त गरेका हुन्।

थापाले राजसंस्थाप्रति देखिएको जनमतको कदर गर्न पनि अनुरोध गरेका छन्। `प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ-राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्,` उनले भनेका छन, `उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा, समयले उनीहरुलाई पछाडी छोड्नेछ।´

प्रतिक्रिया दिनुहोस्

Array