पूर्वराजा शाहले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

विर्तामोड – पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकोम कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शुक्रबार नै विर्तामोड पुगेका पुर्व राजा ज्ञानेन्द्रले शनिबार कलेज परिसरमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् ।

उनको स्वागतमा धुलाबारीस्थित निम्जा खोलाबाट राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । सो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित रहेका थिए । लिङदेन कार्यक्रमको तयारीका लागि पछिल्ला दिनमा विर्तामोडमै थिए । कार्यक्रममा हजारौं नागरिकको उपस्थिति थियो । कार्यक्रममा पूर्व राजाले कुनै सम्बोधन भने गरेनन् ।

काठमाडौंमा दुई दिनअघिमात्रै राजसंस्थाको पक्षामा प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बेवास्ता गरेका शाहको ‘क्रेज’ देखाउन राप्रपाको भव्य तयारी थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा गएका थिए। कात्तिक २५ देखि झापामा बसेका लिङ्देन शनिबार पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए ।

प्रतिक्रिया दिनुहोस्

Array