बर्दियाको गुलरियामा भिषण आगलागी: चार जनाको मृत्यु, एक घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो ।

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सिराम अर्यालले जानकारी दिए। घरमा के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अर्यालले बताए।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्