बर्दियाको गुलरियामा भिषण आगलागी: चार जनाको मृत्यु, एक घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

बर्दिया – बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो ।

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सिराम अर्यालले जानकारी दिए। घरमा के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

Array