यही संसदीय व्यवस्था १५ वर्ष चले नेपाल उल्टो पुल्टो हुने विप्लवको दाबी, माओवादीहरु मिल्ने समय आएको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको संसदीय व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । उनले यही व्यवस्था अर्को १५ वर्षसम्म रहे देश नै उल्टो पुल्टो हुने सनसनीपूर्ण टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) रोल्पाको थवाङमा आयोजित १०औँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय व्यवस्था कायमै रहे देश नै रहन्छ कि रहँदैन ? भन्ने चिन्ता रहेको सुनाए ।

उनले अब सबै माओवादीले नयाँ तरिकाले सोच्ने बेला भएको आवश्यकत्ता औंल्याए । उनले आफूहरुलाई सांसद र मन्त्री नचाहिएको पनि सुनाए । उनले अब माओवादीहरु मिल्ने समय आएको पनि सुनाए । उनले संसदीय व्यवस्थाले नेपाली जनताको हित हुँदैन भनेर समझदारी गरेर जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

Array