नवप्रवेशी स्पोर्टिङ इलामलाई हराउँदै नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा स्पोर्टिङ इलाम डे मेचीलाई १-० ले हराउँदै काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ५१औं मिनेटमा काठमाडौंका राजिव लोप्चनले गरेको गोलनै निर्णायक बन्न पुग्यो । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राजिवले एकुङ्गे जुनिएरको हेडर प्रहार गोलरक्षकले बचाए त्यसकै रिवाउण्ड मै राजिवको पहिलो प्रहार विफल भयो।

त्यसलगत्तै राजिवले दोस्रो प्रयासमा बललाई पोष्टको जाली चुमाएका थिए।

त्यसपछिको निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटमा दुवै टिमले गोलका केही मौका पाए पनि गोल गर्न नसकेपछि काठमाडौंले १-० को जित पक्का गरेको हो ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगंज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array