नवप्रवेशी स्पोर्टिङ इलामलाई हराउँदै नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको विजयी सुरुवात

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा स्पोर्टिङ इलाम डे मेचीलाई १-० ले हराउँदै काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ५१औं मिनेटमा काठमाडौंका राजिव लोप्चनले गरेको गोलनै निर्णायक बन्न पुग्यो । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राजिवले एकुङ्गे जुनिएरको हेडर प्रहार गोलरक्षकले बचाए त्यसकै रिवाउण्ड मै राजिवको पहिलो प्रहार विफल भयो।

- Advertisement -
Ad imageAd image

त्यसलगत्तै राजिवले दोस्रो प्रयासमा बललाई पोष्टको जाली चुमाएका थिए।

त्यसपछिको निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटमा दुवै टिमले गोलका केही मौका पाए पनि गोल गर्न नसकेपछि काठमाडौंले १-० को जित पक्का गरेको हो ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगंज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्