मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प: काठमाडौं र आसपासका क्षेत्रमा धक्का महसुस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – मध्यराति काठमाडौँमा भूकम्पको धक्का गएको छ । बिहिबार मध्यराति करिब १:१९ मिनेटमा धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बिहिबार मध्यराति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङभन्दा केही माथि केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । यो गोरखा भूकम्पकै परकम्प भएको उनले जानकारी दिए ।

उनका अनुसार भूकम्पको धक्का मकवानपुरसहित धादिङ र काठमाडौँ जिल्लामा महसुस गरिएको थियो । ‘यो त्यस्तो क्षति नै गर्ने खालको भूकम्प होइन’, भूकम्पविद् डा. अधिकारीले भने ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको भूकम्प जाँदा हजारौँ जनाको मृत्यु भएको थियो भने लाखौ घर भत्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array