नेपाल भर्सेस यमन: पहिलो हाफ गोलरहित बराबरीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् । काठमाडौं स्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा यमन विरुद्ध गोलरहित बराबरी खेलेको हो । खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।

११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।

- Advertisement -
Ad imageAd image

३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखेपनि मौका हरु भने सृजना गर्न सकेन ।

छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्