दोहोरो अंकले घट्यो शेयर बजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – शेयर बजार आज मंगलबार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अंकले घटेर १ हजार ८२९ दशमलव ६५ विन्दुमा झरेको छ ।

सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झण्डै ९ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज मंगलबार ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड ४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ७ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array