पोखरामा माछा पार्ने क्रममा करेन्ट लाग्दा पतिपत्नीकै मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

पोखरा – कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा पतिपत्नीकै मृत्यु भएको हो।

मृत्यु हुनेमा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनी श्रीमती ४६ वर्षीया सवित्री सुनार छन्। सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

- Advertisement -
Ad imageAd image

प्रहरीले घटनास्थलबाट दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो।

उपचारका क्रममा चिकित्सकले उनीहरुलाईमृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्